images
images

माइडिया ब्रान्डको डिशवासर नेपालमा, यस्ता छन् विशेषता

माइडिया ब्रान्डको डिशवासर नेपालमा, यस्ता छन् विशेषता

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • माइडिया ब्रान्डको डिशवासर नेपालमा, यस्ता छन् विशेषता

    काठमाडौँ / अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले मिडिया ब्राण्डको नयाँ डिशवासर नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ ।कम्पनीले आधुनिक बिएलडिसी मोटर र WIFI आधारित IoT स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा रहेको नयाँ डिशवासर नेपाली बजारमा ल्याएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा अत्यन्त लोकप्रिय माइडिया ब्रान्डको डिशवासर नेपाली  बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त उत्साहित रहेको कम्पनिको विज्ञप्तिमा उल्लेख रहेको छ । विशेषगरि नेपालमा संयुक्त परिवारहरू हुने गर्छन्, नेपाली घर परिवारको लागि उपयुक्त हुने १२ प्लेट सेटिङले ठूलो परिवारका लागि उपयुक्त क्षमता प्रदान गर्दछ । 

    साथै, नेपाली भान्सामा प्रयोग हुने बिभिन्न प्रकारका चिल्ला भाडाहरू पनि सजिलै सफा गर्दछ यो डिशवासरमा एलईडी लाइट र डिस्प्ले इन्डिकेटर पनि छ, जसले तपाईँलाई सजिलो निगरानी गर्न मद्दत गर्दछ। आफैँ सफा हुने फिल्टर सिस्टमले सजिलो मर्मत र सफाईको सुविधा दिन्छ । 

    माइडिया डिशवासरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको छ । यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र किटाणुबाट सुरक्षित राख्छ । 

    यो डिशवासर दुई तहको बास्केट सहित आउँछ, जसले विभिन्न आकार र प्रकारका भाँडाहरू राख्न सजिलो बनाउँछ। बटन कन्ट्रोल प्रणालीले सहज सरसफाई को सुविधा दिन्छ। साथै, बालबालिकाको सुरक्षा लकले बच्चाहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ ।

    यसमा डिले टाइमर  समेत छ, जसले तपाईँले चाहेको समयमा डिशवासरलाई सञ्चालन गर्न सक्छ । ८ प्रकारका प्रोग्राम सेटिङ्सले विभिन्न धुलाई आवश्यकताहरू पूरा गर्न सक्छ। पावर वाश विकल्पले अत्यधिक फोहोर भाँडाहरूलाई सफाई गर्न मद्दत गर्दछ ।

    मिडिया डिशवासरले तपाईँको भान्साको कामलाई सरल, सफा र सुविधाजनक बनाउनेछ। यसको अत्याधुनिक प्रविधि र सुविधाहरूले आधुनिक परिवारहरूको आवश्यकता र व्यस्ततालाई ध्यानमा राखेर डिजाइन गरिएको छ। सीजी इलेक्ट्रोनिक्सले सधैं गुणस्तरीय र प्रविधियुक्त उत्पादनहरू नेपाली बजारमा ल्याउन प्रतिबद्ध छ ।

    हामीलाई विश्वास छ कि नयाँ मिडिया डिशवासरले नेपाली उपभोक्ताहरूको मन जित्नेछ कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

    माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार