images
images

ट्रेड फेयर ‘आहार’ भारतस्थित दिल्लीको प्रगति मैदानमा सम्पन्न

ट्रेड फेयर ‘आहार’ भारतस्थित दिल्लीको प्रगति मैदानमा सम्पन्न

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    ट्रेड फेयर ‘आहार’ भारतस्थित दिल्लीको प्रगति मैदानमा सम्पन्न
    images
    images

    काठमाडौँ / भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर ‘आहार’ शनिबार सम्पन्न भएको छ । उक्त ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी फूड एण्ड स्न्याक्स प्रा.लि., क्वालिटी फूड्स नेपाल प्रा.लि. र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रा.लि.का लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नूडल्सहरू ‘आहार’ ट्रेड फेयरमा राखेको थियो ।

    images
    images

    प्रगति मैदानमा आयोजित ‘आहार’ ट्रेड फेयरमा आकर्षक रूपमा सिंगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नूडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताहरूको आकर्षणको केन्द्रमा रहेको थियो । 

    केटाकेटीदेखि युवा र प्रौढदेखि बृद्धबृद्धासम्मलाई सुहाउँदो बजार मूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको छ । 

    ूव्ब्ऋप्एइत्ू ब्राण्डका नूडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारण देखि उद्योगी व्यवसायीहरूले अवलोकनको क्रममा देखाएको उत्सुकता, स्थानीय तथा तेश्रो मुलुकका व्यवसायीहरूको उत्साहजनक उपस्थितिका साथै व्यावसायिक सोधखोज, छलफल र अन्र्तकृया समेत सम्पन्न गर्न सफल भएको सो ट्रेड फेयरमा भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सको प्रस्तावनाहरू पेश गरेका छन् ।

    तेश्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि आ-आफ्नो प्रस्तावहरू पेश गरेका छन् । ‘आहार’ ट्रेड फेयरमा प्राप्त भएको यो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउँदो वर्षमा अनुमानित २०० करोड माथिको निर्यात गर्ने लक्ष्य राखेको छ ।  

    Nws.jpg

    ग्रुपअन्तर्गतका बिस्कुट, स्न्याक्स तथा नूडल्स उद्योगहरू वर्तमानमा श्याम काबराका छोरा सिद्धार्थ काबरा र राजेश काबराका छोरा मिलिन्द काबराले सम्हालिरहेका छन् । 

    विषयगत अध्ययन, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारलाई नजिकबाट हेर्दै आएका सिद्धार्थ काबरा र मिलिन्द काबरा जाँगरिलो र मिजासिलो हुनुका साथै सबै तह र तप्काहरूलाई साथ लिएर हिड्न हिडाउँन सक्ने क्षमता भएका युवा पुस्ता छन् । 

    उद्योगहरूको जिम्मेवारी सम्हालेको छोटो समयमा नै उनीहरूले कारोवारमा दिनानुदिन बृद्धि गर्दै विशेषतः नूडल्स तथा स्न्याक्स सेगमेण्टमा'KAB'S JACKPOT' लाई भारतीय बजारमा एक स्थापित ब्राण्डको रूपमा ब्राण्डिङ गराउन सफल भएका छन् । सार्क मुलुकका अन्य देशहरूलगायत तेश्रो मुलुकमा आज पनि निर्यात गर्दै आइरहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार