images
images

नेपालको कुल गार्हस्थ उत्पादनमा बाग्मतीको बढी योगदान, कर्णालीको कम

नेपालको कुल गार्हस्थ उत्पादनमा बाग्मतीको बढी योगदान, कर्णालीको कम

आव २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भई ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • नेपालको कुल गार्हस्थ उत्पादनमा बाग्मतीको  बढी योगदान, कर्णालीको कम

    काठमाडौँ / नेपालको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी हिस्सा बाग्मती प्रदेशको रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्क सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रको आकारमा सबैभन्दा बढी बाग्मती प्रदेशको योगदान रहेको जानकारी दिएको हो । 

    चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भई ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने कार्यालयको अनुमान छ। यसमा बाग्मती प्रदेशले सबैभन्दा धेरै ३६.४ प्रतिशत ओगट्छ भने दोस्रोमा कोशी प्रदेशको हिस्सा  १५.८ प्रतिशत हिस्सा रहने उल्लेख छ ।

    लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत हिस्सा ओगट्ने कार्यालयको तथ्याङ्क छ । 

    तथ्याङ्क अनुसार बाग्मती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब रहेको छ । कोशीको ९ खर्ब ३ अर्ब, लुम्बिनीको ८ खर्ब १४ अर्ब, मधेशको ७ खर्ब ४८ अर्ब, गण्डकीको ५ खर्ब १७ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ४ अर्ब र कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार