images
images

राष्ट्र बैंकको तथ्याङ्क : शोधनान्तर स्थिति २ खर्ब र चालु खाता १ खर्बले बचतमा

राष्ट्र बैंकको तथ्याङ्क : शोधनान्तर स्थिति २ खर्ब र चालु खाता १ खर्बले बचतमा

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    राष्ट्र बैंकको तथ्याङ्क : शोधनान्तर स्थिति २ खर्ब र चालु खाता १ खर्बले बचतमा
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्षको सात महिनासम्ममा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । 

    images
    images

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बचतमा रहेको छ ।  

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब १९ करोड रहेको थियो । 

    समीक्षा अवधिमा शोधनान्तर स्थिति २८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोड रुपैयाँले बचतमा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार