images
images

बैंक तथा बीमा क्षेत्रको ग्राहस्थ उत्पादनमा बागमतीको हिस्सा सबैभन्दा धेरै, अन्य कुन प्रदेशको कति ?

बैंक तथा बीमा क्षेत्रको ग्राहस्थ उत्पादनमा बागमतीको हिस्सा सबैभन्दा धेरै, अन्य कुन प्रदेशको कति ?

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • बैंक तथा बीमा क्षेत्रको ग्राहस्थ उत्पादनमा बागमतीको हिस्सा सबैभन्दा धेरै, अन्य कुन प्रदेशको कति ?
    images
    images
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्षमा हुने बैंक तथा बीमा क्षेत्रको ग्राहस्थ उत्पादन अर्थात कुल मूल्य अभिवृद्धिमा बागमतीको हिस्सा सबैभन्दा धेरै हुने अनुमान गरिएको छ ।  

    राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जीडीपी) सम्बन्धी अनुमानित तथ्यांकले यस्तो देखाएको हो । 

    यो आवमा बैंक तथा बीमा क्षेत्रको उत्पादन (कुल मूल्य अभिवृद्धि वृद्धिदर) ७.८० प्रतिशतले बढेर ३ खर्ब ४४ अर्ब ३४ करोड ४० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । 

    त्यसमा बागमतीको मात्रै ६१.८ प्रतिशत अर्थात दुई खर्ब १२ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको योगदान हुने तथ्यांक कार्यालयले बताएको छ । दोस्रो स्थानमामा भने लुम्बिनी रहेको छ ।

    समीक्षा बर्षमा त्यहाँ बैंक तथा बीमासम्बन्धी उत्पादन ३५ अर्ब ७१ करोड ९० लाख रुपैयाँ बराबरको हुने कार्यालयको अनुमान छ । त्योअनुसार बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा लुम्बिनीको हिस्सा १०.४ प्रतिशत हुने देखिन्छ । 

    यसैगरि, मधेशमा २३ अर्ब ९९ करोड २० लाख रुपैयाँ (७ प्रतिशत), कोशीमा ३१ अर्ब २४ करोड ८० लाख रुपैयाँ (९.१ प्रतिशत), गण्डकीमा २७ अर्ब ७२ करोड ९० लाख रुपैयाँ (८.१ प्रतिशत), कर्णालीमा तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ (१.१ प्रतिशत) र सुदूर पश्चिममा आठ अर्ब ९२ करोड ३० लाख रुपैयाँ (२.६ प्रतिशत) बराबरको बैंक तथा बीमासम्बन्धी मूल्य अभिवृद्धि अर्थात उत्पादन हुने अनुमान गरिएको छ । 

    कुनमा कति बृद्धिदर ?

    समीक्षा अवधीमा बैंक तथा बीमा क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर पनि बागमतीकै उच्च हुने अनुमान गरिएको छ । तथ्यांक कार्यालयकाअनुसार यो आव बागमतीमा बैंक तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ८.७५ प्रतिशत हुनेछ । 

    यसैगरि मधेशमा ८.२४ प्रतिशत, कोशीमा ७.०२ प्रतिशत, गण्डकीमा ४.५५ प्रतिशत, लुम्बिनीमा ५.९८ प्रतिशत, कर्णालीमा ४.११ प्रतिशत र सुदूरपश्चिममा ६.३२ प्रतिशतले बैंक तथा बीमा क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर कायम हुने बताइएको छ । 

    समग्रमा चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तिय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिसँगै यस क्षेत्रको बृद्धिदरमा बढोत्तरी हुने तथ्यांक कार्यालयको भनाइ छ । 

    गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर सात दशमलव २७ प्रतिशत रहने संशोधित अनुमान पनि गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस क्षेत्रको वृद्धिदर ६.९१ प्रतिशत भएको तथ्यांक कार्यालयको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com