काठमाडौँ / पछिल्लो समय स्वास्थ्य बीमाको दायरामा आउने परिवारको संख्यामा पनि वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्ममा करिव २४ लाख परिवारहरु स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार यस अवधिमा २३ लाख ९५ हजार परिवारहरु स्वास्थ्य बीमामा समावेश भएका छन् ।
साथै, यस अवधिमा कुल ७७ लाख २७ हजार नागरिकहरुले बीमा गराउन् सफल भएका छन् ।
यसका साथै, चालु आवको ८ महिनासम्ममा ३६ लाख २१ हजार जना बीमितले स्वास्थ्य बीमाबाट लाभ लिएका छन् ।