चर्चित समाचार
  • घरेलु तथा साना उद्योगीले आशा गरेअनुसार बजेट आएन : महासङ्घ

    घरेलु तथा साना उद्योगीले आशा गरेअनुसार बजेट आएन : महासङ्घ

    मंगलवार, जेठ १५ २०८१
    मंगलवार, जेठ १५ २०८१
  • घरेलु तथा साना उद्योगीले आशा गरेअनुसार बजेट आएन : महासङ्घ

    काठमाडौँ / नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश प्रसाद सिंहले बजेट अघिल्लो वर्षको निरन्तरताको रूपमा नै आएको बताएका छन् । उनले भने, “हामीले निजी क्षेत्रबाट ५६ वटा सुझाव दिएका थियौँ। त्यो सुझावमध्ये केही सुझाव समावेश गरिएको छ भने केही चाहीँ छैन ।

    सरकारको सीमित स्रोतसाधनका कारण बाध्यता पनि होला । अहिले सरकारबाट घरेलु तथा साना उद्योगीले धेरै आशा गरेका थिए । किनभने कोभिडबाट थलिएका उद्योगीलाई पुनःस्थापना गर्नुपर्ने छ । सहुलियत कर्जालाई निरन्तरता दिएको छ । नवप्रवर्तनलाई पनि प्राथमिकता दिइएको छ त्यो राम्रो पक्ष हो ।”

    त्यस्तै, उपाध्यक्ष मोहन कटुवालले अहिलेको बजेटलाई सकरात्मक रूपमा लिनुपर्ने बताए । 

    उनले भने, “यो अवस्थामा आएको बजेटलाई साह्रै नकारात्मक लिनु हुन्न्न । मुख्य कुरा कार्यान्वयन पक्ष कत्तिको प्रभावकारी हुन्छ भन्ने हो । विगत हेर्दा कार्यान्वयन पक्ष फितलो देखिएको छ ।  बजेट अलि ठूलो आकारको आयो की भन्ने आशंका हो । किनकी अहिले उद्योग व्यापार व्यवसाय आधा पनि चलेका छैनन् । आर्थिक मन्दीका बेला समग्रमा बजेटलाई सकारात्मक रुपमा लिएका छौँ ।” 

    महासङ्घकी केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवालले बजेट विगत वर्षको निरन्तरता रहेको बताइन् । 

    उनले भनिन्, “यो वर्ष राम्रो पक्ष के हो भने महिला उद्यमशीलतालाई जोड दिइएको छ । महिला उद्यमशीलताकालागि बिक्री कक्ष, प्रदर्शनी कक्षका कुरा आएको छ त्यो सकारात्मक कुरा हो । विपन्न क्षेत्रमा रहेका महिला तथा युवा महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने कुरा सकारात्मक छ । रातो किताबमा भने हेर्न बाँकी छ । कार्यन्वयको पक्षको कस्तो हुन्छ । सुझाव अनुसार समेटिएको देखिन्छ ।” 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार