ऋषि ट्रेड सेन्टरले मङ्गलबारदेखि ‘सिएफमोटो बाइक केयर क्याम्प’ सञ्चालन गर्ने, कुन सर्भिसमा कति छुट ?

ऋषि ट्रेड सेन्टरले मङ्गलबारदेखि ‘सिएफमोटो बाइक केयर क्याम्प’ सञ्चालन गर्ने, कुन सर्भिसमा कति छुट ?

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • images
    images
    ऋषि ट्रेड सेन्टरले मङ्गलबारदेखि ‘सिएफमोटो बाइक केयर क्याम्प’ सञ्चालन गर्ने, कुन सर्भिसमा कति छुट ?
     
    सिएफमोटो र जीहो ब्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सात दिने सिएफमोटो सर्भिस केयर क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौँको कालोपुलस्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्ससहितको सर्भिस सेन्टरमा भोलि मङ्गलबारदेखि ७ दिने सिएफमोटो सर्भिस केयर क्याम्प सञ्चालन गर्ने भएको हो । 
    सिएफमोटो ब्राण्ड युवाहरुमा लोकप्रिय रहेको कम्पनीको भनाइ छ । 
     
    कोभिडपश्चात विभिन्न कारणले यसको बिक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक बितरक रिलायन्स ग्रुपअन्र्तगतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत सर्भिस केयर क्याम्प सञ्चालन गर्न लागेको हो । 
     
    बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवाको नारा साथ कम्पनीले सिएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई सर्भिस र स्पेयर पार्टस्को सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।
     
    सो क्याम्पमा सहभागी हुने सिएफमोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि–बाइक वास, लेभर चार्जमा ५० प्रतिशत छुट, ल्युब ओइलमा ५ प्रतिशत छुट तथा हरेक दिन लक्की ड्रमार्फत ७ जनाले ७ दिनमा १ सालको लागि सिएफमोटोको स्पेयर पार्टस्मा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 
     
    यसका साथै गोलाप्रथामार्फत ७ दिनमा आफ्ना सिएफमोटोका बाइक सर्भिसिङ्ग गराउन आउने ग्राहकहरु मध्ये १ जना भाग्यशाली बिक्रेताले फ्रि बाइक कोटिङ्ग गराउन सक्नेछन् । 
     
    सिएफमोटोको सर्भिस सेन्टर काठमाडौँको धोविखोलामा अवस्थित छ, जहाँबाट ग्राहकहरुले सिएफमोटो लगायत जीहोको पनि सर्भिस तथा पार्टस को सुविधा पाउन सक्ने छन् । सिएफमोटोको एनके २५०, एनके ४५०, एसआर २५० जस्ता आकर्षक तथा हाइ पफर्मेन्स बाइकहरू पुनः यस सेन्टरले नेपाली बजारमा रि–इन्टरडक्ट गरेको छ । 
     
    साथै इभि ट–ह्वीलर सेग्मेन्टमै प्रिमियम र ड्युरेवल मानिने जीहो र इलेक्ट्रिक स्कुटर एइसिप्लस र एइसिक्सप्लस एलआर तथा एइ८ मोडलहरू पनि  यसै ग्रुप अन्तर्गतको ऋषि  ट्रेड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको छ ।

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार