चर्चित समाचार
  • राष्ट्र बैङ्कको तथ्याङ्क : शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब र चालु खाता १ खर्ब ९३ अर्बले बचतमा

    राष्ट्र बैङ्कको तथ्याङ्क : शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब र चालु खाता १ खर्ब ९३ अर्बले बचतमा

    सोमवार, जेठ २८ २०८१
    सोमवार, जेठ २८ २०८१
  • राष्ट्र बैङ्कको तथ्याङ्क : शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब र चालु खाता १ खर्ब ९३ अर्बले बचतमा

    काठमाडौँ / मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति करिब ४ खर्बले बचतमा रहेको देखिएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।

    त्यस्तै, सरकारको चालु खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोड रुपैयाँले बचतमा छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७।२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । यसैगरी, खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड रुपैयाँ कायम थियो ।

    यस्तै, गत वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार