images
images

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

    काठमाडौँ / अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवर्द्धन गर्न पर्सि शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले बताए । 

    “मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उनले भने । 

    मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । 

    यसैगरी मेलामा सातवटै प्रदेशका  स्टल पनि राखिने छ । स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार