काठमाडौँ / साताको पहिलो कारोबार दिन आज (आइतबार) स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि १ लाख ४२ हजार ८ निर्धारण भएको हो ।
तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ४० हजार ८ सयमा कारोबार भएकोमा आजका लागि भने १ लाख ४२ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार गर्न सकिन्छ ।