मेयर बालेन भन्छन्– नगरसभामा कांग्रेस, एमालेको धङ्‌धङी बोकेर नआउनू

मेयर बालेन भन्छन्– नगरसभामा कांग्रेस, एमालेको धङ्‌धङी बोकेर नआउनू

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    मेयर बालेन भन्छन्– नगरसभामा कांग्रेस, एमालेको धङ्‌धङी बोकेर नआउनू

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । 

    images
    images

    महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि आइतबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् । 

    मेयर शाहले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् । 

    ‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ, यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,’ उनले भनेका छन् ।

    नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा नरहने पनि उनले स्पष्ट पारेका छन् । ‘१६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ, उनले भनेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन ।’

    साथै मेयर शाहले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनसमेत चेतावनी दिएका छन् ।

    उनले लेखेको स्ट्याटस जस्ताको त्यस्तै, 

    ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
    काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । 
    नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन । 
    काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार