चर्चित पाकिस्तानी सेलिब्रेटी डा. एलिया सोयव फिचर्ड  'माया बस्यो' (भिडियोसहित)

चर्चित पाकिस्तानी सेलिब्रेटी डा. एलिया सोयव फिचर्ड  'माया बस्यो' (भिडियोसहित)

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    चर्चित पाकिस्तानी सेलिब्रेटी डा. एलिया सोयव फिचर्ड  'माया बस्यो' (भिडियोसहित)

    काठमाडौँ / गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको 'माया बस्यो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    images
    images

    युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।

    म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ।  

    निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो गायक लामाको युट्युव च्यानल 'सुरेश लामा' मार्फत सार्वजनिक भएको हो।  

    भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  यो समाचार तयार पार्दा सम्म भिडियोलाई २ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ।  

    डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल  हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । 

    उनी गायक सुरेश लामाको टिकटक जोडीको रुपमा  नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील  परिवारको रुपमा चिनिन्छ । 

    डा.  एलिया नेपाल र नेपालीलाई मनैदेखि माया  गर्छिन्।  'माया बस्यो' म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्। 

    भिडियो : 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार