चर्चित समाचार
  • राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन

    राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन

    सोमवार, असार ३ २०८१
    सोमवार, असार ३ २०८१
  • images
    images
    राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन

    काठमाडौँ / मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको  पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन् । 

    सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए । 

    जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आजै भेटवार्ता हुने कार्यक्रम रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।

    स्वीटजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि उनी जर्मनी भ्रमणमा गएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार