images
images

पनौती हिले जात्रा आजदेखि, राति १० बजे भद्रकालीको रथ तानिने

पनौती हिले जात्रा आजदेखि, राति १० बजे भद्रकालीको रथ तानिने

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • पनौती हिले जात्रा आजदेखि, राति १० बजे भद्रकालीको रथ तानिने

    काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा आजदेखि सुरु हुँदै छ । 

    images
    images
    images
    images

    जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रुपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरु सुस्तरी तरेपछि जात्रा सुरु भएको मानिन्छ । 

    आज राति १० बजे भद्रकालीको रथ तानिने छ भने रातभरी गैंडू पूजा (होम गर्ने) पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ । 

    त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको चलन हो । 

    जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । 

    जात्रा सकिएको दिन पनौतीमा हावाहुरी चल्ने तथा वर्षा सुरु हुने मान्यता रहिआएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए । 

    किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या भएपछि ललितपुरको बुङ्मतिबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । 

    त्यसैको स्मरणमा जात्रा सुरु गरिएको विश्वास गरिँदैआएको स्थानीय तुयुकाजी ताम्राकार बताउनुहुन्छ । तीन दिनसम्म मनाइने यो यहाँको ठूलो जात्रा हो ।  

    जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा धुमधामहित पूजाअर्चना गरिन्छ । 

    साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगरपरिक्रमा गराइन्छ । सोही दिन साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ । 

    जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन बिहानै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने काम गरिन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । 

    पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् ।

     महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् । 

    भाग्ने र पिछा गर्ने कार्यका रुपमा अबीरजात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । 

    धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिकसम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् ।

    इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङगमका अनुसार रथ जुधाईमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले पहिले झिसमिसे अगावै रथ जुधाइने गरिन्थ्यो । 

    विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो । तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । 

    स्थानीयले मुख्य पर्वका रुपमा मनाउँदै आएका कारण जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ । जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ ।

    यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने विश्वास गरिन्छ । 

    कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिइएको विश्वास गरिँदै आइएको छ । 

    जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने विश्वास रहिआएको छ । 

    स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार