यस्तो छ ‘छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१’को उत्कृष्ट पाँच मनोनयन (सूचीसहित)

यस्तो छ ‘छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१’को उत्कृष्ट पाँच मनोनयन (सूचीसहित)

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • images
    images
    यस्तो छ ‘छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१’को उत्कृष्ट पाँच मनोनयन (सूचीसहित)

    काठमाडौँ / छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ ।

    ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

    अवार्डको निर्णायक र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । 

    छैटौं संस्करणको अवार्डमा महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकले प्रायोजन गरेका छन् । यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । 

    सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्ष विदेशमा गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए । उनका अनुसार थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रम हुनेछ ।  

    थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम हुनेछ । साथै पछि नेपालमा आएर विदेश जान समय नमिलेका कलाकर्मीलाई विशेष कार्यक्रम गरेर अवार्ड तथा सम्मान गरिनेछ ।

    छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।  

    साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । छैटौं संस्करणको आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन् ।

    उत्कृष्ट पाँच मनोनयनहरु

    १) सर्वोत्कृष्ट राष्ट्रिय भाव

    १, रिता केसी – पहराको साइनो
    २, निमा शेर्पा – माटोको माया
    ३, डा. नवि अधिकारी – देश छोड्नेको लर्को
    ४, गीता पाण्डे – विर नेपाली सेना
    ५, नारायण नेपाल –तिम्रो हाँसो संगालेर

    २) सर्वोत्कृष्ट चलचित्र गीत

    १. मुटुको चार आना – उपहार
    २. प्रेम शरणम्– पशुपति प्रसाद २
    ३. क बाट कछुवा – नाइ नभन्नु ल –६
    ४. बुझिनँ मैले – बोक्सीको घर
    ५. काले केटाले –  ऐंचो पैंचो

    ३) सर्वोत्कृष्ट  पप–आधुनिक गायक

    १. नारायण थापा– जुन मायाको पुजा गरेँ
    २. युवराज चौँलागाई – नझुक्याउ
    ३. ओम सुनुवार – मायाले सजाउँला
    ४. सिडी विजय अधिकारी– मन्द मन्द
    ५. सुरेश लामा–  बाचा भयो

    ४) सर्वोत्कृष्ट  पप– आधुनिक गायिका

    १. मन्जु थापा – मन भित्र मायाको
    २. मल्लिका कार्की – गाजले
    ३. निता आचार्य – चुपचाप
    ४. अनु देवान – प्रेमको भाषा
    ५. सन्जना श्रेष्ठ–  सुनौली बिहानी –२

    ५) सर्वोत्कृष्ट  पप– आधुनिक गीतकार

    १. तारा अधिकारी – हे बरै
    २. रमेश दाहाल – जति टाले पनि
    ३. युरेश सिग्देल – हेर्छु तिमीलाई
    ४. पद्मा लिंखा मगर– मन्द मन्द
    ५. रोहित घिमिरे – तिम्रो अंगालोमा

    ६) सर्वोत्कृष्ट पप– आधुनिक संगीतकार

    १. सरोज कोइराला – एक चिम्टी सिन्दुर
    २. टेकराज ओझा – दिल्ली आग्रा
    ३. सरोज प्याकुरेल – बरपिपलको जोडी
    ४. भिम बिसी – बाचा भयो
    ५. रोशन सिंह – किन मरिनँ म –२

    ७) सर्वोत्कृष्ट पप– आधुनिक युगल गायन

    १. सुरज सिंह/एलिना चौहान – यो मुटु तिमी लिउ
    २. अजय अधिकारी/सदिक्षा भुर्तेल – ठुलो जात
    ३. सिडी विजय अधिकारी/निता आचार्य – गरिदेउ बिदा
    ४. दिपक चाँैलागाई/अन्जु पन्त – मलाई मन परेको मान्छे
    ५. महेश मुखिया सुनुवार / दिपा नारायण झा –  जापानी टाइफन

    ८) सर्वोत्कृष्ट पप– आधुनिक मोडल पुरुष

    १. कमल सिंह – मुना हौ मेरी
    २. लक्ष्मण देवकोटा – रातो किताब
    ३. दिनेश कठायत– ए बेइमानी
    ४. आश्मन तामाङ – आफ्नै धड्कन
    ५. सागर खनाल–  म हास्ँदा

    ९) सर्वोत्कृष्ट पप– आधुनिक  मोडल महिला

    १. प्रतिक्षा काफ्ले –  माया गरेउ
    २. दिया जि.सी.– कसम होला
    ३. सोफी धरेल – जीन्दगी त सगैं ज्युने हो
    ४. एन जेड सालु – बाचा भयो
    ५. कविता न्यौपाने – तिमी नभए

    १०) लोक पप गायन

    १. सुमी पराजुली – चुम्पा चपक्कै
    २. राजेश बर्देवा – उमेर सत्र भयो
    ३. शोभा त्रिपाठी –मुगु रारा ताल
    ४. अन्जु श्रेष्ठ – नहेरन त्यसरी कान्छा
    ५. बादल थापा – मेरो चोखो मायामा

    ११) सर्वोत्कृष्ट लोक दोहोरी गायक

    १. उद्धव कार्की – फुलको माला
    २. हेमन्त रसाइली कान्छा– जाउँ साइली बेनी बजार
    ३. हरि बिमर्शी – लुकी लुकी
    ४. राजु सापकोटा– भाग्यमा विछोड
    ५. शुसिल ज्ञवाली – लजाउँदै लजाउँदै

    १२) सर्वोत्कृष्ट लोक दोहोरी गायिका

    १. तृष्णा घर्ति मगर – सोल्टीनीको रेशमी केश
    २. सिमा थापा– मुस्कानै मिठो छ
    ३. शान्ती श्री परियार – त्यो मन रुन्छ रुन्न खै
    ४. सुनिता बुढा क्षेत्री – घाम जस्तो चम्किलो जुन हुँदैन –२
    ५. देवी घर्ति मगर – तिम्रै हुन पाइनँ

    १३) सर्वोत्कृष्ट लोक दोहोरी शब्द

    १. डा. शिव सुवेदी – दुःख टर्या छैन
    २. सागर बास्तोला– गरिदेउ विदा
    ३. नेत्र अर्याल – तल्लो बाटो
    ४. प्रकाश पराजुली – फुलको माला
    ५. विपिन के.सी. – हामी दाजु भाई

    १४) सर्वोत्कृष्ट लोक दोहोरी लय

    १. दिपक अधिकारी – रुन्नँ भन्दा भन्दै
    २. खेम सेन्चुरी – तल्लो बाटो
    ३. शम्भु कुँवर– त्यो मन रुन्छ रुन्नँ खै
    ४. हेमन्त आले– सोल्टीनीको रेशमी केश
    ५. जय देवकोेटा –बोली र गोली उस्तै हो

    १५) सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला

    १. स्मारिका ढकाल – गरिदेउ बिदा
    २. सजिना लामिछाने –बाध्यता
    ३. रजनी गुरुङ – ठुली
    ४. अस्मिता पुरी – फुलमाया
    ५. रुबिना अधिकारी –  नजर लाग्लानी

    १६) सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष

    १. पुष्प खड्का –  घुमाउने घर पोखरा
    २. सागर लम्साल – पिरैले सुकाउँछ ज्यान
    ३. पल शाह – नजर लाग्लानी
    ४. देवेन्द्र बब्लु – ठुली
    ५. विजय पुन – सोल्टिनीको शिरैमा चन्द्रमा

    १७) सर्वोत्कृष्ट म्युजिक भिडियो छाँयाकार

    १. नवराज उप्रेती – बाचा भयो
    २. दिपक गिरी– जिन्दगी त सगैं
    ३. दिनेश पराजुली –  यो मुटुको एउटै
    ४. अजय रेग्मी–  काफल गुलियो
    ५. दुर्गा पौडेल –  फुलमाया

    १८) सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक

    १. विरेन्द्र भाट ‘विपिन’ – जीवनको रेल
    २. अमृत चापागाई– सिन्दुर पोते
    ३. मनोज कार्की– लुकी लुकी
    ४. लक्ष्मण चौहान – प्लिज मारिदेउ
    ५. विकास ज्ञवाली – आफ्नै धड्कन

    १९) सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक

    १. उमेश गुरुङ – लमजुङको पानी रसिलो
    २. अनुप चन्द ठकुरी – सुनचाँदी –२
    ३. जनक सिंह – गरिदेउ विदा
    ४. प्रविन थापा – बैमानी लाहुरे
    ५. मौसम हिमाली – लुकी लुकी

    २०) सर्वोत्कृष्ट नव प्रतिभा मोडल

    १. मुना भुर्तेल – कास्कीको फेवा ताल
    २. सपना आर बम्जन – मिठा मिठा बोली बोल्दै
    ३. प्रतापमर्दन बस्न्यात– जिन्दगानी छोटो छ
    ४. श्री नुर  – रिमाई
    ५. खुशी कार्की – चश्मा लगाउली

    २१) नव प्रतिभा गायन

    १. हसना शाक्य – मुना हौ मेरी
    २. आयुष्मान बिष्ट– के यो माया हो
    ३. सन्त दराई – पछ्यौरी
    ४. हरी कैनी – के छ मनमा
    ५. रोम श्रेष्ठ – मलाई तिमी हौ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार