आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

    काठमाडौँ / आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ ।  म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको सो आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैङ्कहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैङ्कको तर्फबाट सहवित्तीयकरणको लिड बैङ्क नबिल बैङ्कका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । 

    सहवित्तीयकरणका बैङ्कहरूको अगुवाइ नविल बैङ्क लिमिटेडले गरेको छ भने अन्य सहभागि बैकहरूमा एभरेष्ट बैङ्क लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्क लिमिटेड, नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र प्रभु बैङ्क लिमिटेड रहेका छन् ।

    निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा  ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहने छ। 

    सहवित्तीयकरणका बैङ्कहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । 

    कुल ऋणमध्ये  नविल बैङ्कको ३ अर्ब  १२ करोड,  एभरेष्ट बैङ्क र नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्क प्रत्येकले २ अर्ब र नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र प्रभु बैङ्क, प्रत्येकले १ अर्ब रुपैयाँ रहने छ । मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरुभई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

    नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्व ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादन बाट २ अर्व ४२ करोड रुपैयाँ आम्दानी हुने छ ।

    हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार