काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडले सञ्चालक समिति हेरफेर गरेको छ । मंगलबार कम्पनीले प्रेस विज्ञप्तिमार्फत सञ्चालक समिति हेरफेर भएको जानकारी दिएको हो ।
कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा नैना नेपाल ढकाल नियुक्त भएकी छन् ।
साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी सञ्जुप्रसाद जैसवाल सञ्चालकका रूपमा नियुक्त भएको क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीका अनुसार कम्पनी सचिवमा अशोक सुवेदी, स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले, अध्यक्षमा दीपक पाण्डे, सञ्चालकमा सञ्जुप्रसाद जैसवाल, निवर्तमान सञ्चालकमा माधवप्रसाद उपाध्याय, स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल, सञ्चालकमा अनिल रेग्मी र प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।