साताको अन्तिम दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

साताको अन्तिम दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    साताको अन्तिम दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेको हो । 

    अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको हो । 

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार सय एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार