बैङ्क तथा वित्तीय संस्थाहरूले अग्राधिकार सेयर जारी गर्न पाउने, राष्ट्र बैङ्कले तोकेको सर्तहरू केके हुन् ?

बैङ्क तथा वित्तीय संस्थाहरूले अग्राधिकार सेयर जारी गर्न पाउने, राष्ट्र बैङ्कले तोकेको सर्तहरू केके हुन् ?

बैङ्कहरूलाई प्राथमिक पुँजी जुटाउन सहज हुने

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • images
    images
    बैङ्क तथा वित्तीय संस्थाहरूले अग्राधिकार सेयर जारी गर्न पाउने, राष्ट्र बैङ्कले तोकेको सर्तहरू केके हुन् ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूलाई अग्राधिकार सेयर जारी गर्ने बाटो खोलेको छ। एकीकृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैङ्कले सञ्चित नोक्सानीमा गएका बैङ्क तथा वित्तीय संस्थाहरूलाई ऋणपत्र जारी गर्ने विकल्प दिँदै पुँजीकोष अभाव भएका बैङ्कहरूलाई अग्राधिकार सेयर जारी गर्ने सुविधा दिएको हो । 

    पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका बैङ्क तथा वित्तीय संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्न सकिने राष्ट्र बैङ्कले जनाएको हो । 

    त्यसका लागि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले आवश्यक शर्त तोकी डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ । 

    अविमोच्य असञ्चित प्रकृतिको अग्राधिकार सेयर क्यापिटल एडुक्वेसी फ्रेमवर्कअनुसार बैङ्कहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म पर्पेचुअल प्रकृतिको नन्क्यु-मुलेटिभ अग्राधिकार सेयर जारी गर्न पाउनेछन् । 

    कमन इक्विटी, क्यापिटल कन्जरभेसन बफर र अतिरिक्त पुँजी गरि बैङ्कहरूले कुल ८.५ प्रतिशत प्राथमिक पुँजी कायम गर्नुपर्छ। 

    क्यापिटल एडुक्वेसी फ्रेमवर्कले अतिरिक्त पुँजी जुटाउने उपकरण जारी गरी पुँजी पुर्याउन सक्ने व्यवस्था गरेको भए पनि हालसम्म बैङ्कहरूले यो सुविधा प्रयोग गरेका थिएनन् । 

    राष्ट्र बैङ्कले गरेको यस्तो व्यवस्थासँगै अब बैङ्कहरूलाई प्राथमिक पुँजी जुटाउन सहज हुने बताइएको छ ।  यसले प्राथमिक पुँजीको सकसमा रहेका पाँच वाणिज्य बैङ्कलाई सहज हुनेछ । 

    अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैङ्कले तोकेको सर्त यस्तो छः 

    १. अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन ।

    २. अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ ।

    ३. अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्नेछ । साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ ।

    ४. अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ ।

    ५. अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।

    ६. अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन ।

    ७. अविमोच्य असञ्चिति अग्राधिकार सेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा ः
    (क) अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्नुपूर्व यस बैंकको स्वीकृति लिनुपर्नेछ।

    (ख) यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५।१२५ प्रतिशत भन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ ।

    (ग) खण्ड (ख) बमोजिम अविमोच्य असञ्चिति अग्राधिकार सेयरलाई संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि र सुत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ ।

    ८. इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई रिस्क डिस्क्लोजर एक्सपोजर सार्वजनिक गर्नुपर्नेछ।

    ९. इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताबाट देहायबमोजिम व्यवस्था समेत समावेश गरी लिखित सहमति लिनुपर्नेछ :

    (क) उपबुँदा ८. बमोजिम रिस्क डिस्क्लोजर एक्सपोजर लगानीकर्ताहरुले प्राप्त गरेको ।

    (ख) विवरणपत्रमा उल्लिखित सम्पुर्ण व्यवस्था तथा शर्त पढेको र बुझेको ।

    (ग) लगानीकर्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको ।

    १०. इजाजतपत्रप्राप्त संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजी उपकरणहरु, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुने ।

    ११. यस बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर स्वीकृति दिँदा आवश्यकताअनुसार अन्य थप शर्तहरु तोक्न सक्नेछ ।

    १२.उपर्युक्त व्यवस्था क्यापिटल एडुक्वेसी फ्रेमवर्क लागु हुने इजाजतपत्रप्राप्त संस्थाको हकमा मात्र लागु हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार