अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, अन्य मुद्रालाई कति ?

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / बिहीबार अमेरिकी डलरको भाउ बढ्दा युरो भने सस्तिएको छ । यसअघि अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २० पैसा र बिक्रीमा १३३ रुपैयाँ ८० पैसा तोकिएकोमा आज बढेर खरिदमा १३३ रुपैयाँ ४२ पैसा र बिक्रीमा १३४ रुपैयाँ २ पैसा पुगेको छ । 

    यसैगरी, युरोपियन युरो  घटेर एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा कायम भएको छ । 
    यसअघि भने युरोको भाउ १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको थियो । 

    त्यस्तै, अष्ट्रेलियन डलर पनि बढेको छ । यसअघि एकको खरिद मूल्य ८८ रपैयाँ ५९ पैसा र बिक्री मूल्य ८८ रपैयाँ ९९ पैसा निर्धारण गरिएको अष्ट्रेलियन डलरको भाउ आज बढेर खरिदमा ८८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८९ रुपैयाँ १६ पैसा पुगेको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८ रुपैयाँ ३६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६० पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा पुगेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार