images
images

बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत, चालुतर्फ ४५.९५ प्रतिशत खर्च

बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत, चालुतर्फ ४५.९५ प्रतिशत खर्च

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत, चालुतर्फ ४५.९५ प्रतिशत खर्च
    images
    images

    हेटौँडा / बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बजेटमध्ये गत जेठ महिनासम्म जेठ महिनासम्ममा पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ। 

    प्रदेश सरकारले चालु आवका लागि कूल रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकामा गत वैशाख मसान्तसम्ममा ४१ दशमलव २६ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशतभन्दा कम खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्क छ। 

    प्रदेश सरकारले चालु आवको वैशाखसम्ममा कूल बजेटमध्ये रु २५ अर्ब ८७ करोड ६१ लाख १० हजार आठ सय ५३ खर्च गरेको थियो । 

    चालु आवका लागि चालुतर्फ रु २६ अर्ब ४२ करोड १२ लाख ४५ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ७८ करोड ७८ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन गरिएको थियो । 

    गत वैशाख महिनासम्म पुँजीगततर्फ ३८ दशमलव ३८ प्रतिशत, चालुतर्फ ४५ दशमलव ९५ प्रतिशत खर्च भएको थियो । 

    बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट खर्च भएको छैन। 

    वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट विगतका वर्षमा खर्चअनुसार उपलब्धि नदेखिएकाले चालु आवमा खर्च नगरिएको जनाउँदै आएको मन्त्रालयले आगामी आवमा पनि वित्तीय व्यवस्थातर्फ बजेट विनियोजन गरेको छ। 

    काम सम्पन्न भएका योजनाको भुक्तानी, बिल फरफारकलगायतका काम असार महिनामा पनि हुने र खर्च प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार