हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन भएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह पदमुक्त भएपछि अञ्जु श्रेष्ठलाई सोही जिम्मेवारी दिएको हो ।
नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।
आपसी सहमतिका आधारमा नेतृत्व परिवर्तन भएको लिमिटेडले जनाएको छ ।
शाहको नेतृत्वमा इतिहासमै गैर–जीवन बिमा उद्योगको पहिलोपटक मर्जर गराउन सफल भएको जनाइएकाे छ ।
उनको योगदानका लागि सदैव आभारी रहने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।