images
images

एनसेलका मनसुन केन्द्रित -यापिड रेस्पोन्स टिमहरुले थाल्यो काम

एनसेलका मनसुन केन्द्रित -यापिड रेस्पोन्स टिमहरुले थाल्यो काम

शनिवार, असार १५ २०८१
शनिवार, असार १५ २०८१
  • एनसेलका मनसुन केन्द्रित -यापिड रेस्पोन्स टिमहरुले थाल्यो काम
    images
    images

    काठमाडौँ / विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना -यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् ।

    यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको छ ।

    मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ । 

    यी टोलीहरुले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दाबढि जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः संचालनमा ल्याइएको थियो ।

    हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा डलेर विद्युत आपुर्तिमा असर परेको अवस्था थियो । 

    आरआरटीहरुलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उदेश्य अनुरुप यी आरआरटीहरु गठन गरिएका हुन् ।

    अहिलेको अवस्थामा विशेष गरि भारी वर्षाका कारण सेवा संचालनमा असर पर्न गई केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरि अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पूनः संचालनमा ल्याउन -यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ ।

    यसैगरी, एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध छ । 

    विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्येनजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

    एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । त्यसैगरी, धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्नसक्ने ठाउँहरुलाई लक्षित गरि एनसेलले आवश्यक तयारीहरु गरेको छ ।

    विपद्को बेलामा विद्युत आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा संचालन गरि आम जनमानसलाई सम्पर्कमा राख्नका लागि यी स्रोतहरुले धेरै ठूलो महत्व राख्दछ ।    

    जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ ।

    गत वर्ष मात्र एनसेलले मावन जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पु-याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार