चर्चित समाचार
  • राजेश राईको ‘माया लाउन मिल्ला कि नमिल्ला’ सार्वजनिक

    राजेश राईको ‘माया लाउन मिल्ला कि नमिल्ला’ सार्वजनिक

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    राजेश राईको ‘माया लाउन मिल्ला कि नमिल्ला’ सार्वजनिक

    काठमाडौँ / गायक राजेश राईले नयाँ म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला ल्याएका छन् । 

    यसअघिका आफ्ना दर्जनौं गीत दर्शक माझ ल्याएका गायक राजेशले यो पटक ‘चाइनेजो अर्थात माया लाउन मिल्ला कि नमिल्ला’ बोलको गीत सार्वजनिक गरेका हुन् ।  

    सिगिङ सुपर स्टार सिजन–१ नामक रियालिटी शोका विजेता रहेको राजेश राईका ‘तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजार’सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए, चाईनेजो अर्थात माया लाउन मिल्ला कि नमिल्ला पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।

    गीतमा दुर्लभ जन्तरेको शब्द, अनिल कोयी राईको संगीत र आशिष अविरलको संगीत संयोजन अनि ध्वनी मिश्रण रहेको छ ।

    भिडियोलाई दुर्लभ जन्तरेले  निर्देशन गरेका छन् । भिडियोमा कमल सिंह र प्रिजमा खतिवडाको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । 

    ज्ञानेन्द्र शर्माको छायाङ्कन, सन्तोष राजबाहकले सहायक निर्देशन तथा नृत्य निर्देशन गरेका छन् भने सम्पादनको काम विकाश दाहालको रहेको छ । 

    भिडियो Rajesh Rai YouTube channel मार्फत सार्वजनिक गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार