images
images

नेप्से घटे पनि यी १० कम्पनीको कारोबार भने उच्च, कम्पनी कुन–कुन ?, कसको शेयरमूल्य कति ?

नेप्से घटे पनि यी १० कम्पनीको कारोबार भने उच्च, कम्पनी कुन–कुन ?, कसको शेयरमूल्य कति ?

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • नेप्से घटे पनि यी १० कम्पनीको कारोबार भने उच्च, कम्पनी कुन–कुन ?, कसको शेयरमूल्य कति ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन आइतबार २७.२७ अङ्कले बढेको शेयर बजार आज दोस्रो दिन भने सामान्य घटेको छ । 

    आज सोमबार सेयर बजार नेप्से परिसूचक ४.६२ अंकले घटेर २ हजार १३६ को विन्दुमा पुगेको छ । यस दिन ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज परिसुचकसँगै कारोबार रकम पनि घटेको देखिएको छ । आइतबार तीन सय २५ कम्पनीको एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता शेयर ८० हजार आठ सय ३८ पटक खरिदबिक्री हुँदा छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    तर, आज सोमबार ३ सय २४ कम्पनीको एक करोड ४ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको देखिएको छ । 

    यस दिन सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५० लाख रुपैयाँ र सिइडीबी हाइड्रोको ९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधीक

    सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय सस्था लिमिटेडका लगानीकर्ताले ९.६८ प्रतिशतका दरले कमाएका छन् । 

    यस्तै एनआईसी एशिया बैंक डिबेञ्चरका सेयरधनीले ६.०१ प्रतिशत, दोर्दी जलविद्युतका सेयरधनीले ५.०३ प्रतिशत र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका सेयरधनीले ४.७५ प्रतिशतका दरले कमाएका छन् । 

    कालिका लघुवित्तका लगानीकर्ताले ४.५० प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार