images
images

१५.७९ अङ्कले बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको शेयरभाउ कति ?

१५.७९ अङ्कले बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको शेयरभाउ कति ?

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • १५.७९ अङ्कले बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको शेयरभाउ कति ?

    काठमाडौँ / आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १५.७९ अङ्कको वृद्धि देखिँदा कारोबार रकम ५ अर्ब नाघेको छ । नेप्सेका अनुसार आज परिसूचक ०.७३ प्रतिशतले बढेर  २ हजार १ सय ५२ दशमलव १४ विन्दुमा कायम भएको हो । 

    आज १ सय ६८ कम्पनीको शेयर भाउ बढेको छ । ६८ कम्पनीको शेयर भाउको घटेको छ भने १० कम्पनीको भने शेयर मूल्य स्थिर रहेको छ । आज मंगलबार ३ सय १६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । 

    यसदिन आठ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको २.४९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३६ प्रतिशत र जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

    यी १० कम्पनीको उच्च कारोबार

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार