images
images

आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

    काठमाडौँ / सोमबार सामान्य घटेको शेयर बजार आज मंगलबार भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से १५.७९ अंकले बढेर दुई हजार एक सय ५२.१४ विन्दुमा बन्द भएको छ।

    images
    images
    images
    images

    आज मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रूपैयाँको सेयर कारोबार भएको छ । 

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९७ करोड रूपैयाँले बढेको हो। यस दिन ३१६ वटा धितोपत्रको एक करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच भएको हो। मंगलबार १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ।  म्युचुअल फण्ड समूहको परिसूचक भने स्थिर रहेको छ।

    यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ। भने विकास बैंक समूहको परिसूचक २.४९ प्रतिशतले बढेको छ।

    आज यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    यसदिन गणपति लघुवित्त, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । उक्त कम्पनीहरूको सेयरमूल्य क्रमशः एक हजार ८६७ रूपैयाँ २० पैसा र दुई हजार ६५९ रूपैयाँ ६० पैसा पुगेको छ। 

    1.JPG

    आज यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य सर्वाधिक ५.४७ प्रतिशतले घटेको छ । उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ २९ पैसा कायम भएको छ। यस्तै, नेपाल फाइनान्सको मूल्य ४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८१५ रूपैयाँ कायम भएको छ।  

    2.JPG

    यी कम्पनीको सार्वधीक कारोबार 

    मंगलबार एनआरएन इफ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ७३५ रूपैयाँमा १९ करोड ७७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.५२ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८१५ रूपैयाँमा १६ करोड २१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार