images
images

१.०८ प्रतिशत बढेको बजारमा विकास बैंक बाहेकका सबै उप–समूहमा हरियाली, कसले कति कमाए ?

१.०८ प्रतिशत बढेको बजारमा विकास बैंक बाहेकका सबै उप–समूहमा हरियाली, कसले कति कमाए ?

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • १.०८ प्रतिशत बढेको बजारमा विकास बैंक बाहेकका सबै उप–समूहमा हरियाली, कसले कति कमाए ?

    काठमाडौँ / बुधबार नेप्से परिसूचक २३.२५ अंकले बढेको छ।

    नेप्से १.०८ प्रतिशतले बढेर २१७५.४० विन्दुमा बन्द भएको छ। आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा आज २१ करोड रूपैयाँ वृद्धि भएको हो।

    मंगलबार पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रूपैयाँको सेयर कारोबार भएको छ।

    यस दिन ३२२ वटा धितोपत्रको एक करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच भएको हो। बुधबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक ०.२९ प्रतिशतले घटेको छ बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले बढेको छ। 

    यी कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

    यसदिन बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३८३ रूपैयाँ २० पैसा कायम भएको छ।

    यस्तै, ११प्रतिशत केबिएल डिबेन्चर २०८९ को मूल्य ८.६६ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार १९६ रूपैयाँ ४० पैसा पुगेको छ।

    1.JPG

    यी कम्पनीको शेयर मूल्य सर्वाधिक घट्यो

    बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६६७ रूपैयाँ ८० पैसा कायम भएको छ।

    यस्तै, समाज लघुवित्तको मूल्य ९.८८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार ७३ रूपैयाँ कायम भएको छ।  

    2.JPG

    सर्वाधिक कारोबार गर्ने १० कम्पनी कुन–कुन ? 

    बुधबार हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २३ रूपैयाँ ५० पैसामा १५ करोड ८ लाखको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९१ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९४ रूपैयाँ ९० पैसामा १४ करोड ८२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    3.JPG 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार