images
images

जेठ मसान्तसम्ममा वैदेशिक रोजगारको लागि कतिले लिए श्रम स्वीकृति ?

जेठ मसान्तसम्ममा वैदेशिक रोजगारको लागि कतिले लिए श्रम स्वीकृति ?

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • जेठ मसान्तसम्ममा वैदेशिक रोजगारको लागि कतिले लिए श्रम स्वीकृति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा ४ लाख २२ हजार भन्दा बढीले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएका छन् । 

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०/८१ को जेठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिनाको अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो । 

    यस्तै, ११ महिनाको अवधीमा देशमा १३ खर्ब २७ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।  

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार