images
images

धितोपत्र बजार पुँजीकरण १२.१७ प्रतिशतले बढ्यो, बैङ्क वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा कति ?

धितोपत्र बजार पुँजीकरण १२.१७ प्रतिशतले बढ्यो, बैङ्क वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा कति ?

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • धितोपत्र बजार पुँजीकरण १२.१७ प्रतिशतले बढ्यो, बैङ्क वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा कति ?

    काठमाडौँ / धितोपत्र बजार पुँजीकरण १२.१७ प्रतिशतले वृद्धि भएको छ । 

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण १२.१७ प्रतिशतले वृद्धि भई ३३ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।  

    गत वर्षको यस अवधिसम्म धितोपत्र बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।  

    गत आवको तुलनामा चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीको संख्या बढ्न पुग्दा धितोपत्र बजार पुँजीकरण थपिन पुगेको हो । 

    साथै सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर समेत नेप्समा सूचीकृत हुन पुग्दा धितोपत्र बजार पुँजीकरण बृद्धि भएको हो ।  

    गत आवको तुलनामा चालु आर्थिक वर्षमा मात्रै नेप्सेमा १६ वटा कम्पनी सूचीकृत भएका छन् । प्रिमियम मूल्यमा आईपीओ ल्याएका ४ जीवन बीमा कम्पनी र एक पुनर्बीमा कम्पनी सूचीकृत भएका थिए । 

    जसमा हिमालयन रि इन्स्योरेन्सले ठूलो संख्यामा आईपीओ जारी गरेको थियो । यसकारण पनि गत आवको तुलनामा धितोपत्र बजार पुँजीकरण बृद्धि हुन पुगेको हो । २०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । 

    सूचीकृत कम्पनीहरुमध्ये १३२ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

    सूचीकृत कम्पनीहरूमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८।३ प्रतिशत रहेको छ । 

    त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको छ ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार