images
images

सूर्योदय वोमी लघुवित्तले ४६ हजार कित्ता एफपीओ जारी गर्ने, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

सूर्योदय वोमी लघुवित्तले ४६ हजार कित्ता एफपीओ जारी गर्ने, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • सूर्योदय वोमी लघुवित्तले ४६ हजार कित्ता एफपीओ जारी गर्ने, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूमा ‘फरदर पब्लिक अफर’ (एफपीओ) जारी गर्ने भएको छ ।

    कम्पनीले साउन ४ गतेदेखि १०० रुपैयाँ अङ्कित मूल्यको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सर्वसाधारणमा जारी गर्ने भएको हो । 

    इच्छुक लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गर्न लागेको हो । 

    एफपीओका लागि नेपाल धितोपत्र बोर्डबाट असार २३ गते स्वीकृति पाएको जनाएको कम्पनीले उक्त एफपीओको विवरण पत्र नेपाल राष्ट्र बैङ्कमा असार २४ गते र कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वरमा असार २५ गते दर्ता भइसकेको समेत कम्पनीले जानकारी दिएको छ । 

    साउन ४ गते निष्कासन हुने कम्पनीको एफपीओ साउन ८ गतेसम्म बिक्री हुनेछ । तोकिएको समय सीमा भित्र एफपीओ बिक्री नभएमा भने कम्पनीले समय थप्न सक्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार