images
images

नेप्से परिसूचक २९.२१ अङ्कले बढ्दा ७ अर्ब भन्दा बढीको कारोबार, लघुवित्त समुह भने ०.४२ प्रतिशतले घट्यो

नेप्से परिसूचक २९.२१ अङ्कले बढ्दा ७ अर्ब भन्दा बढीको कारोबार, लघुवित्त समुह भने ०.४२ प्रतिशतले घट्यो

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • नेप्से परिसूचक २९.२१ अङ्कले बढ्दा ७ अर्ब भन्दा बढीको कारोबार, लघुवित्त समुह भने ०.४२ प्रतिशतले घट्यो

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ दशमलव २१ अङ्कले बढेको छ । 

    images
    images
    images
    images

    आज नेप्से परिसूचक १ दशमलव ३४ अङ्कले बढेर दुई हजार दुई सय ४ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । 

    आज तीन सय ३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता शेयर ८७ हजार ८६ पटक खरिदबिक्री हुँदा सात अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ बराबरको कारोबार भएको छ । 

    आज लघुवित्त समुह शुन्य दशमलव ४२ प्रतिशतले घटेको छ भने अन्य सबै समुह बढेको छ । आज सबैभन्दा धेरै बैकिङ समूह दुई दशमलव ४२ प्रतिशतले बढेको छ ।

    कुन समुह कतिले बढ्यो ? 

    1.JPG

    यी १० कम्पनीको उच्च कारोबार

    आज सर्वाधिक किनबेच सीईडीबी हाइड्रोपावरको भएको छ। आज यस कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

    यस्तै, ग्लोबल आइएमई बैंकको संस्थापक शेयरको १४ करोड ८८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ७९ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको १२ करोड ६८ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    3.JPG

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक 

    आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । 

    सिटिजन सुपर ३० का इकाईधनीले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् भने एनआइबिएल स्टेबल फण्डका इकाईधनीले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक 

    आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार