images
images

नेप्से २९.२१ अङ्कले बढेपनि एक बीमा कम्पनीको शेयर मूल्य भने घट्यो, आज कुन कम्पनीले कति कमाए ?

नेप्से २९.२१ अङ्कले बढेपनि एक बीमा कम्पनीको शेयर मूल्य भने घट्यो, आज कुन कम्पनीले कति कमाए ?

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • नेप्से २९.२१ अङ्कले बढेपनि एक बीमा कम्पनीको शेयर मूल्य भने घट्यो, आज कुन कम्पनीले कति कमाए ?

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ दशमलव २१ अङ्कले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ३४ अङ्कले बढेर दुई हजार दुई सय ४ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । 

    आज तीन सय ३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता शेयर ८७ हजार ८६ पटक खरिदबिक्री हुँदा सात अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ बराबरको कारोबार भएको छ । 

    नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने एक उपसूचक राताम्य भएका छन् । आज लघुवित्त समुह शुन्य दशमलव ४२ प्रतिशतले घटेको छ भने अन्य सबै समुह बढेको छ । आज सबैभन्दा धेरै बैकिङ समूह दुई दशमलव ४२ प्रतिशतले बढेको छ ।

    बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह ३.०६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०१ प्रतिशतले बृद्धि भएको छ । आज नेप्सेमा सुचीकृत २४ बीमा कम्पनीहरू मध्ये एक बीमा कम्पनीको मात्रै शयर मूल्य घटेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । यस कम्पनीको सेयरभाउ ७.०९ प्रतिशतले बढेर ५७४ रुपैयाँ पुगेको हो । 

    यस्तै, सानिमा रिलायन्स लाइफको ४.६२ प्रतिशत, सिटिजन लाइफको ३.९८ प्रतिशत, नेशनल लाइफको ३.५३ प्रतिशत, सुर्यज्योति लाइफको ३.३३ प्रतिशत, युनाइटेड अजोडको ३.२५ प्रतिशत, सन नेपाल लाइफको ३.२३ प्रतिशत, सानिमा जिआइसीको २.९७ प्रतिशतले शेयर भाउ बढेको छ । 

    एलआइसी नेपालको २.८० प्रतिशत, एशियन लाइफको २.६५ प्रतिशत, हिमालयन लाइफको २.५३ प्रतिशत, आइएमई लाइफको २.०७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.९२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.८४ प्रतिशत र रिलायबल नेपाल लाइफको १.६९ प्रतिशतले सेयरभाउ बढेको छ । 

    यता, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.५८ प्रतिशत, नेपाल लाइफको १.४८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.४० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.२७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.५७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३८ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०७ प्रतिशतले सेयरभाउ बढेको छ । 

    आज एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ । कम्पनीको सेयरभाउ ०.५७ प्रतिशतले घटेर ८०१.७० रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार