images
images

नयाँ सरकार गठन अघि शेयर बजारमा रौनकः कारोबार ६ महिनाकै उच्च, कसले कति कमाए ?

नयाँ सरकार गठन अघि शेयर बजारमा रौनकः कारोबार ६ महिनाकै उच्च, कसले कति कमाए ?

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • नयाँ सरकार गठन अघि शेयर बजारमा रौनकः कारोबार ६ महिनाकै उच्च, कसले कति कमाए ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा भारी अङ्कको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५२ दशलमव ९७ अंकले बढेर २ हजार २५७ को विन्दुमा कायम भएको छ । 

    images
    images
    images
    images

    नयाँ सरकार गठन प्रक्रियालाई शेयर बजारले हरियो कार्पेट ओछाएर स्वागत गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली आज साझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । ओली सहित केही मन्त्रीहरुले भोलि सपथ लिँदैछन् । नयाँ सरकार गठन प्रक्रियाले गर्दा बजार सकारात्मक देखिएको छ । 

    आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको शेयर मूल्यमा भने कुनै पनि परिर्वतन देखिएको छैन । नयाँ सत्ता समीकरणपछि अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने कुराले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको देखिएको छ । 

    आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

    यी हुन् सबैभन्दा धेरै कारोबार भएको कम्पनी 

    आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

    3.JPG

    यी कम्पनीका लगानीतकर्ताले कमाए सार्वधिक 

    आज सबैभन्दा धेरै रिडी पावर र माण्डु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    यस् कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरे गुमाएका छन् ।

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार