images
images

राष्ट्रिय सुुरक्षा र द्रुतमार्ग निर्माण गर्ने मन्त्री राईको प्राथमिकता

राष्ट्रिय सुुरक्षा र द्रुतमार्ग निर्माण गर्ने मन्त्री राईको प्राथमिकता

सोमवार, असार ३१ २०८१
सोमवार, असार ३१ २०८१
  • राष्ट्रिय सुुरक्षा र द्रुतमार्ग निर्माण गर्ने मन्त्री राईको प्राथमिकता

    काठमाडौँ / रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराईरमधेस द्रुतमार्ग  समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । 

    सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदवालीपछि सञ्चारकर्मीको जिज्ञासामा उनले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाए । 

    उनले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गरे । 

    उक्त निर्णयमा विपद् व्यवस्थापनमा संलग्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सम्बन्धित स्थानीय तहलगायतका निकायसँग समन्वय तथा सहकार्य गर्ने विषय उल्लेख छ । 

    विपद्बाट सृजना हुनेसक्ने असहज परिस्थिति कम गर्न खोज, उद्धार र पुनःस्थापनाका लागि आवश्यक हेलिकप्टर, सवारी साधान र सामग्री तयारी अवस्थामा राख्ने तथा दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाको उद्धारका लागि प्रभावकारी समन्वय तथा तयारी गर्ने लगायतका विषय समेटिएको छ ।

    कोशी प्रदेशको सोलुखुम्बु, माप्य दूधकोशी–२ मा विस २०२७ मा जन्मिनुभएका राईले विस २०४२ बाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । 

    उनी विस २०७९ मा सम्पन्न आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । विस २०४६ पछि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, जिल्ला उपाध्यक्ष र उपसचिव हुँदै विस २०७२ मा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भए । हाल उनी पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार