images
images

सिटिजन्स बैंक र वुद्ध एयरबिच समझदारी, बुद्ध एयरमा १२ प्रतिशतसम्मको छुट

सिटिजन्स बैंक र वुद्ध एयरबिच समझदारी, बुद्ध एयरमा १२ प्रतिशतसम्मको छुट

शुक्रवार, साउन ४ २०८१
शुक्रवार, साउन ४ २०८१
  • सिटिजन्स बैंक र वुद्ध एयरबिच समझदारी, बुद्ध एयरमा १२ प्रतिशतसम्मको छुट

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुद्ध एयर प्रा.लिबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

    images
    images
    images
    images

    सो छुट बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार