images
images

पर्यटन व्यापारमा श्रीलंकाको उल्लेखनीय सुधार, चार दिन भित्रिए करिब २४ हजार पर्यटक

पर्यटन व्यापारमा श्रीलंकाको उल्लेखनीय सुधार, चार दिन भित्रिए करिब २४ हजार पर्यटक

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • पर्यटन व्यापारमा श्रीलंकाको उल्लेखनीय सुधार, चार दिन भित्रिए करिब २४ हजार पर्यटक

    सन् २०२४ को जुलाई मध्यसम्ममा श्रीलङ्कामा १० लाख बढी पर्यटक घुम्न पुगेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए)का अनुसार जुलाई १८ सम्ममा १ मिलियन बढी अर्थात् १० लाख १९ हजार ६४२ विदेशी पर्यटक श्रीलङ्का भित्रिएका हुन् । 

    जुलाईको पहिलो साता ४३ हजार ८३ पर्यटक श्रीलङ्का भित्रिएकामा दोस्रो साता ४२ हजार ३ सय ४३ र तेस्रो साताको पहिलो चार दिनमा नै २३ हजार ९६७ पर्यटक भित्रिएको प्राधिकरणको भनाइ छ । जुलाईको १८ दिनमा नै १ लाख ९ हजार ३९३ पर्यटक भित्रिनुले उत्साह भरेको प्राधिकरणले जनाएको छ । 

    कुल पर्यटक आगमनमध्ये सबैभन्दा बढी भारतबाट २७ हजार ५७४ जना (२५ प्रतिशत) भित्रिएको जनाएको प्राधिकरणले अरू दोस्रो तथा तेस्रो मुलुकहरू अमेरिका, चीन, जर्मनी र नेदरल्याण्ड्सबाट समेत उल्लेखनीय सङ्ख्यामा पर्यटक भित्रिएको प्राधिकरणले जनाएको छ ।

    त्यसो त केही समय अघिसम्म तीव्र आर्थिक मन्दीको सामना गरेको श्रीलङ्काले छिट्टै आर्थिक प्रगति गरेको छ । विदेशी मुद्रा सञ्चिति रित्तिएर अर्थतन्त्र सङ्कटमा परेकोमा देशको पर्यटनसँगै अन्य वस्तु निर्यात र रेमिट्यान्सले श्रीलंकाका अर्थतन्त्र सुधारमा भएको छ ।

    प्राधिकरणका अनुसार कोभिड–१९ पछि मात्र श्रीलङ्काले पर्यटन क्षेत्रको सुधार एवं विकासका लागि ९५० मिलियन अर्थात् ९५ करोड रुपैयाँ बढी लगानी गरिसकेको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार