images
images

नेपाल र क्यानडाबिच ब्रेन एण्ड ब्राइडको भूमिका खेल्दै अल्बर्टा नेपाल चेम्बर अफ कमर्श

नेपाल र क्यानडाबिच ब्रेन एण्ड ब्राइडको भूमिका खेल्दै अल्बर्टा नेपाल चेम्बर अफ कमर्श

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • नेपाल र क्यानडाबिच ब्रेन एण्ड ब्राइडको भूमिका खेल्दै अल्बर्टा नेपाल चेम्बर अफ कमर्श

    क्यानडाको एबि प्रान्त, रक्की माउन्टेनको काखमा रहेको क्यालगरी शहरमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्शको स्थापना भएको छ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडयाल, एबि प्रान्तका कानुनमन्त्री Mickey Amery, प्रतिनिधि सभाका सदस्यहरू George Chahal, Yasraj Hallen, Calgery महानगरपालिकाका वार्ड नं. ५ का वडा अध्यक्ष राज धलीवाल, पूर्व मन्त्री Jeremy Nixon, AB प्रान्तको मुख्य मन्त्रीको सचिवालयबाट Dr. Chicka Daniels, Happy Mann को उपस्थितिमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्शको उद्घाटन् भएको हो । 

    यसैगरी, कार्यक्रममा अल्बर्टा नेपाल चेम्बर अफ कमर्श, आइसिसिका प्रतिनिधिहरू, एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाल, एनआरएनए कार्यसमितिका सदस्यहरू, नर्थ अमेरिका जर्नालिस्ट एशोसिएनस (एनइएजेए)का अध्यक्ष सुरज भण्डारी र सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विभिन्न व्यापार व्यवसायका सञ्चालकहरू, क्यालगरीका विशिष्ट व्यक्तिहरू, स्थानीय पत्रकार र क्यालगरीमा रहेका बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

    अल्बर्टा नेपाल चेम्बर अफ कमर्शका विशेष सल्लाहकार देव रोड्नी र मनिष अडिनीको उपस्थिति रहेको थियो भने नेपालबाट पूर्व नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र उद्योगपति तथा नेपाल चेम्बर अफ कमर्शका सल्लाहकार मुकुन्द तिमिल्सिनाले एएनसिसिलाई बधाई तथा शुभकामना व्यक्त गरे । 

    यसैगरी राजदुत भरत पौडयालले एएनसीसीले आर्थिक, सामाजिक, पर्यटन प्रवरद्धनको विकासको लागि कोसेढुङ्गा सावित हुने कुरामा आशावादी रहेको र नेपाल सरकारको सहयोग रहने कुरामा मन्तव्य व्यक्त गरे । 

    सरकारको तर्फबाट एएनसीसीलाई पूर्ण सहयोग हुने कुरामा विश्वास व्यक्त गरे । सो अवसरमा यस एबि प्रान्तीय सरकारका कानुनमन्त्री Mickey Amery ले आफ्नो तर्फबाट एएनसीसीलाई पूर्ण सहयोग र यसले नेपाल सरकार र एबि सरकार बीचको एतिहासिक सम्बन्धको सुरुवात गरेको बताए । 

    साथै, उनले आफ्नो सम्पूर्ण सहयोग एएनसीसीलाई रहने जानकारी दिए । त्यस्तै, कार्यक्रममा प्रतिनिधिसभाका सदस्य  George Chahal ले एनएनसीसीलाई केन्द्रीय सरकारसँग समन्वय गराई कृषि, ऊर्जा सम्बन्धी विकासको पक्षमा पूर्ण रूपले सहयोग गर्ने र आवश्यक सहयोग जुटाउने प्रतिबद्धता जनाए ।

    उनले आफू क्यानडाको प्राकृतिक श्रोत समितिको अध्यक्ष भएको हैसियतले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने कुरामा प्रतिवद्धता व्यक्त गरे । George Chahal ले यस अवसरमा नेपाल र क्यानडाको बीचमा एएनसीसीले नेपाल र क्यानाडाको सम्बन्ध दिगो बनाउने विश्वास व्यक्त गरे । 

    यसैगरी, प्रतिनिधसभा सदस्य Jasraj Hallenले यो नयाँ आयमले दुई देशबिच  आर्थिक, समाजिक र सांस्कृतिक भाइचारा प्रवर्धन हुने जानकारी बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार