काठमाडौँ / अमेरिकी डलरको भाउ आज बुधबार पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारकै मूल्यमा अमेरिकी एक डलर बिक्री गर्न सकिन्छ ।
आज अमेरिकी एक डलरको बिक्री मूल्य १३४ रुपैयाँ २७ पैसा र खरिद मूल्य १३३ रुपैयाँ ६७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४० पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४१ पैसा र बिक्री दर ८७ रुपैयाँ ८० पैसा पर्नेछ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९६ पैसा, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्