images
images

तल्लो सेती जलविद्युत् आयोजनाले अधिग्रहण गर्यो ५ सय रोपनी जग्गा

तल्लो सेती जलविद्युत् आयोजनाले अधिग्रहण गर्यो ५ सय रोपनी जग्गा

नेपाल विद्युत् प्राधिकारणको पूर्ण स्वामित्वको तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना सुरु गरेको हो ।

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • तल्लो सेती जलविद्युत् आयोजनाले अधिग्रहण गर्यो ५ सय रोपनी जग्गा

    तनहुँ / तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा वितरण, जलाशय, पावरहाउस र  कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड खर्च हुने अनुमान गरिएको जलविद्युत् आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । 

    images
    images

    आयोजनाबाट ऋषिङ गाउँपालिकाको वडा नं १ र ३, बन्दीपुर गाउँपालिको–६, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरनी गाउँपालिका–५ र ६, व्यास नगरपालिकाको १३ र १४ तथा चितवनको भरतपुर महानगरपालिकाको वडा नं २९ प्रभावित हुने बताइएको छ ।

    बन्दीपुर गाउँपालिका–६ तथा देवघाट गाउँपालिका–३ को सिमान सराङघाट नजिक दुई सय १३ मिटर लम्बाइ, ३२ मिटर उचाइ र दुई सय मिटर चौडाइ भएको बाँध निर्माण गरिने प्रमुख भण्डारीले बताए ।

    नेपाल विद्युत् प्राधिकारणको पूर्ण स्वामित्वको तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना सुरु गरेको हो ।

    एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना हाइड्रोपावर लिमिटेड निर्माणसँगै कम्पनीले तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि काम अघि बढाइएको आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए ।

    करिब १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा तल्लो सेती आयोजना निर्माण प्रस्ताव गरिएको हो । उत्पादित विद्युत् तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको दुई सय २० केभी दमौली-नयाँ भरतपुर प्रसारण लाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा प्रवाह गरिने श्रेष्ठले बताए ।

    देवघाट–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्ने उनले जानकारी दिए । 

    अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार