images
images

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍...

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍...

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍...

    काठमाडौँ / काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमान चालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन् ।

    images
    images
    images
    images

    बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो । फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँ माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो । 

    पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनः काठमाडौँ अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए। कम्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्‍याएको छ । तीव्र वायु चलेका कारण जनकपुर गन्तव्यको उडानसमेत रद्द गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार