images
images

बलियो बन्दै अमेरिकी डलर, अन्य मुद्रालाई कति ?

बलियो बन्दै अमेरिकी डलर, अन्य मुद्रालाई कति ?

शनिवार, साउन १९ २०८१
शनिवार, साउन १९ २०८१
  • बलियो बन्दै अमेरिकी डलर, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार अमेरिकी डलरको भाउ बढेको छ । शुक्रबार  एकको खरिदमा १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा १३४ रुपैयाँ २६ पैसा तोकिएको अमेरिकी डलरको भाउ बढेर आज एकको खरिदमा १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । 

    त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ १० पैसा र बिक्रीमा ८७ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

    साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८३ पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार