images
images

जापानिज येन बलियो बन्दा अमेरिकी डलर स्थिर, अन्यलाई कति ?

जापानिज येन बलियो बन्दा अमेरिकी डलर स्थिर, अन्यलाई कति ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • जापानिज येन बलियो बन्दा अमेरिकी डलर स्थिर, अन्यलाई कति ?

    कामाडौँ / सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर बिक्री मूल्य १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ भने खरिद मूल्य १३३ रुपैयाँ ७१ पैसा रहेको छ । 

    नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ ८६ पैसा र बिक्रीमा १४६ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८१ पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येनको भाउ बढेको छ । यसअघि १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा रहेको जापानिज येनको भाउ बढेर आज एकको खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रुपैयाँ १७ पैसा पुगेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार