images
images

डलरको भाउ आज पनि बढ्यो, अन्य मुद्राको भाउ कति पुग्यो ?

डलरको भाउ आज पनि बढ्यो, अन्य मुद्राको भाउ कति पुग्यो ?

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • डलरको भाउ आज पनि बढ्यो, अन्य मुद्राको भाउ कति पुग्यो ?

    काठमाडौँ / बुधबार पनि अमेरिकी डलर महँगो भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार अमेरिकी डलर थप बलियो बनेको हो ।

    मङ्गलबार अमेरिकी एक डलरको खरिदमा १३३ रुपैयाँ ८६ पैसा  रहेकोमा आज बढेर १३४ रुपैयाँ ३ पैसा पुगेको छ । त्यस्तै, बिक्री दर १३४ रुपैयाँ ४६ पैसा रहेकोमा आज बढेर १३४ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ । 

    यता, युरोपियन युरोको भाउ भने घटेको छ। यसअघि एकको खरिदमा १४६ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रुपैयाँ २१ पैसा रहेको युरोपियन युरोको भाउ घटेर खरिद दर १४६ रुपैयाँ १९ पैसा र बिक्री दर १४६ रुपैयाँ ८५ पैसा कायम भएको छ । 

    यसैगरी, अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । यसअघि एकको खरिद मूल्य घटेर खरिदमा ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७० पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज खरिदमा ८६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रुपैयाँ २६ पैसा कायम भएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९७ रुपैयाँ २९ पैसा तोकिएको छ । 

    यसैगरी, जापानिज येनको भाउ १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७४ पैसा र बिक्रीमा १८ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    मलेसियन रिंग्गिट एकको खरिदमा २९ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३० रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९ रुपैयाँ ७७ पैसा पर्नेछ । यसैगरी, कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ ३५ पैसा र बिक्री दर ४४० रुपैयाँ ३१ पैसा कायम गरिएको छ। 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार