काठमाडौँ / त्रिवेणी मोटोकर्प प्रा.लि.ले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोवाइल कम्पनीबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरू आयात गरी विक्री वितरण सुरु गरेको हो ।
पछिल्लो समय कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेको छ । स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यसका कम्पनीका उत्पादनहरू विश्वका ६० देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।
हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पीक अप भ्यानको बिक्री वितरण सुरू गरेको छ ।
विजुली गाडीको प्रवर्द्धनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ ।
११ र १४ सिट क्षमताको कामा इभी माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० कि.मी रेञ्ज प्रदान गर्ने गर्दछ । कामा का सबै इलेक्ट्रिक भ्यानहरूमा सि.ए.टी.एल. ब्याट्रीजडित रहेका छन् ।
कम्पनीले उक्त रेञ्जहरू ४० कि.मी. प्रती घण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको इ.भी. सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेन्ज परीक्षण गर्दा २५० कि.मि.को रेन्ज सजिलै पाइने जनाएको छ ।
त्रिवेणी मोटोकर्पले बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टस्हरूको व्यवस्था पनि गरिसकेको जनाएको छ ।
यसबाट बिक्रीपछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भिस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरूले ढुक्कसँग कामा ब्रान्डका गाडी छनौट गर्न सक्नुहुनेछ भनी कम्पनीले जनाएको छ । कम्पनीले सर्भिस सम्वन्धि व्यवस्थाहरूको निरीक्षण तथा भ्रमण गर्न ग्राहकहरूसँग अनुरोध समेत गरेको छ ।