images
images

१०८ अङ्कले बढेको नेप्सेमा करिब १८ अर्बको कारोबार, कसले कति कमाए ?

१०८ अङ्कले बढेको नेप्सेमा करिब १८ अर्बको कारोबार, कसले कति कमाए ?

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • १०८ अङ्कले बढेको नेप्सेमा करिब १८ अर्बको कारोबार, कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / अघिल्लो दिन १४५ अङ्कले घटेको सेयर बजार बुधबार नै १०८ अङ्क बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २ हजार ७५९ अङ्कमा कायम भएको छ । हिजो भारी अङ्कले घटेको बजारमा आज भने ४.०८ प्रतिशतको बढोत्तरी भएको छ ।

    आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोडमाथिको शेयर कारोबार भएको छ ।

    आज सबै क्षेत्रका सूचक बढेका छन् । अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.३, विकास बैंक ४.५, फाइनान्स ७.६, होटल तथा पर्यटन ५.१, हाइड्रोपावर ५.७, जीवन बीमा ३.९, लगानी ३.८, उत्पादन ३.५, माइक्रोफाइनान्स २.१, निर्जीवन बीमा ३, अन्य ७.८ र व्यापार समूह ५.५ प्रतिशत बढेको छ ।  

    आज सबैभन्दा धेरै हिमलयन रिइन्स्योरेन्सको शेयर खरिद बिक्री भएको छ । आज यस कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावरको ५५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज बोटलर्स नेपाल बालाजू, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटिी होटल र हिालयन रिइन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक डिबेञ्चर २०८३–८४ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार