images
images

बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्स्बाट एग्री डिजी-टेक च्यालेन्जको घोषणा

बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्स्बाट एग्री डिजी-टेक च्यालेन्जको घोषणा

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्स्बाट एग्री डिजी-टेक च्यालेन्जको घोषणा

    काठमाडौँ / स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्स्को सहकार्यमा  एग्री-डिजी-टेक च्यालेन्ज परियोजनाको घोषणा गरिएको छ। 

    images
    images

    नेपालको कृषि क्षेत्रमा डिजिटल नवप्रवर्तनको समुन्नतिका निम्ति केन्द्रित उक्त परियोजनाको घोषणा गरिएको हो । सो परियोजना एक वर्षको अवधिभर सञ्लन हुनेछ।

    परियोजनाले कृषि उत्पादन, दक्षता तथा दिगोपनको प्रवर्द्धनका लागि डिजिटल प्रविधिमार्फत कृषि प्राविधिक नवव्यवसाय साना तथा मझौला व्यवसाय तथा ठूला व्यवसायलाई पहिचान एवम् सहयोग गर्ने ध्येय राखेको छ। 

    उक्त परियोजनाले सहकार्य तथा मार्गदर्शनको मञ्च प्रदान गरी डिजिटल उपायको विकासका साथै नेपालमा कृषि क्षेत्रको प्रवर्द्धन गर्नेछ । 

    सो सन्दर्भमा ट्यान्जेन्ट वेभ्स्का संस्थापक सुमन शाक्यले भने, “नेपालको कृषिक्षेत्रको रूपान्तरणका निम्ति डिजिटल नवप्रवर्तनको भूमिका महत्त्वपूर्ण छ ।” 

    कृषक तथा कृषि क्षेत्रका समस्या हल गर्न उद्यमिहरूको सशक्तिकरण गर्ने ‘एग्री(डिजी(टेक च्यालेन्जु परिवर्तनको उत्प्रेरक हो।’

    परियोजनाले कृषिक्षेत्रका परामर्शदाता, कृषि बीमा कम्पनीहरू, अनलाइनन बजार, वित्तिय सेवा प्रदायक, भन्डारण तथा यातयात सुविधा प्रदान गर्ने व्यवसाय लगायतका कृषिक्षेत्रका नवप्रवर्तनहरूलाई लक्षित गरेको छ। 

    शाक्यका अनुसार यस च्यालेन्जले ५ देखि ८ महिनाको अवधिमा चुनिएका नवव्यवसाय, साना तथा मझौला व्यवसाय तथा ठूला व्यवसायको विकास तथा सामाजिक प्रभाव सिर्जना गर्नका लागी एक्सिलेरेटरका साथसाथै मेन्टोरिङ्ग, प्राविधिक सहयोग, लगानी अवसरद्वारा सहयोग पुर्याउनेछ। 

    च्यालेन्जको विजेतालाई स्वीस सरकार विकास सहयोग एसडीसीबाट लगानी प्रदान गरिनेछ बीड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजीव शाक्यले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार