images
images

‘प्राधिकरणको ८२ अर्ब नाफामा ट्रंक र डेडिकेटेड लाइनको महसुल जोडिएको छैन’

‘प्राधिकरणको ८२ अर्ब नाफामा ट्रंक र डेडिकेटेड लाइनको महसुल जोडिएको छैन’

शुक्रवार, साउन २५ २०८१
शुक्रवार, साउन २५ २०८१
  • ‘प्राधिकरणको ८२ अर्ब नाफामा ट्रंक र डेडिकेटेड लाइनको महसुल जोडिएको छैन’

    काठमाडौँ / नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको बिल राखेर प्राधिकरण नाफामा देखाइएको भन्ने हल्ला गलत भएको बताएका छन्।

    images
    images
    images
    images

    दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर घिसिङले  प्राधिकरणको ८२ अर्ब नाफामा विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल नजोडिएको प्रस्ट पारेका हुन् । 

    ‘८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ । समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ’ घिसिङले भने, ‘तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन ।’

    धेरै ठाउँमा विद्युत् प्राधिकरणले फर्जी नाफा देखायो, डेडिकेटेड र ट्रंक लाइनको बिललाई जोडेर देखाइयो भनेकोमा दुःख व्यक्त गर्दै कार्यकारी निर्देशक घिसिङले यसो नभएको दोहोर्‍याए । 

    तथापि, प्राधिकरणले कागजी नाफा देखाएको भन्ने हल्ला धेरै ठाउँमा चलेको भए पनि त्यो हल्ला गलत भएको बताए। महालेखा परीक्षकको कार्यालयबाट गरिएको अडिटबाटै पनि नाफा पुष्टि भएकाले कागजी नभएको उल्लेख गरे। 

    ‘यो सबै हिसाब महालेखा परीक्षकले गरेको अडिटबाट आएको हो । यसलाई कसरी गलत भन्ने ?’ घिसिङले भने । 

    आठ वर्षमा प्राधिकरणको नाफा ८२ अर्ब 

    पछिल्लो ८ वर्षमा प्राधिकरणले करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उनले बताए। आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उनले दाबी गरे।

    आठ वर्षको अवधिमा विद्युतको प्रयोग उल्लेख्य बढेको उनले बताए । प्रतिव्यक्ति विद्युत खपत १३१ युनिटबाट ४०० युनिट पुगेको, विद्युतको खपत बढेको कारण पेट्रोलको घटेको र विद्यतीय गाडी बढ्न थालेको उनले बताए।

    उनले प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब रूपैयाँ घाटा बेहोरेकोमा त्यपछिका दिनमा कहिले घटामा जानु नपरेको बताए।

    एक अर्बबाट नाफा आर्जन गर्न सुरू गरेकोमा गत वर्ष १३ अर्ब नाफा कमाएको उनले बताए। वितेका ८ वर्षमा तीन पटक विद्युतको महसुल घटाएको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार