images
images

पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट


    काठमाडौँ / युवाहरूको समूह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगल स्थति होटल रोयल एयरपोर्ट सञ्चालनमा आएको छ । शुक्रबार बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् । 

    images
    images
    images
    images

    होटल उद्घाटनको क्रममा बोल्दै मन्त्री विमल ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए । 

    “पर्यटन उद्योगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सधैँ तत्पर छु” उनले भने, “अझ तपाईहरू जस्ता युवाहरू जो यो उद्ययोगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरू मेरो थप सहयोग र सहकार्य रहने छ ।”

    मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरूसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

    अन्त्यमा उनले युवाहरू मिलेर सञ्चालनमा आएको होटल रोयल एरपोर्टको सफलताका लागि व्यवसायीहरूलाइ शुभकामना समेत व्यक्त गरे । 

    hotel royal.JPG

    कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरूको समूह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । 

    ३४ ओटा रुमको सहितको यो होटलमा ५० शैया रहेका छन् । दुइसय जना  भन्दा बढी क्षमताका हल, बैठक कक्षसहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्याएका हौँ,” अध्यक्ष श्रेष्ठ बताए ।

    उनले होटल रोयल एयरपोर्ट जस्ता होटलहरूले नेपालको पर्यटन उद्ययोगमा ठूलो टेवा पु¥याउने विश्वास समेत व्यक्त गरे ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार